Section 101
बीमक समस्याग्रस्त भएको मानिने
(१) प्रचलित कानूनमा जुनसुकै “कुरा लेखिएको भए तापनि देहायको अवस्था उत्पन्न भएमा प्राधिकरणले बीमितको हक हित संरक्षणका लागि बीमकलाई समस्याग्रस्त बीमक घोषणा गर्न सक्नेछ:-
(क) बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष कायम गर्न नसकेमा,
(ख) बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा,
(ग) बीमकको संस्थापक शेयरधनीले ठगी, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा,
(घ) जालसाजी, किर्ते, वा: झुट्टा विवरण दिई वा गलत लिखत तयार गरी वा पेश गरी बीमा कम्पनी स्थापना गरेको वा इजाजतपत्रप्राप्त गरेको प्रमाणित भएमा,
(ङ) बीमित, शेयरधनी, बीमकका साह् वा सर्वसाधारणको हित प्रतिकूल हुनेगरी पटक पटक कार्य गरेमा,
(च) बीमकलाई अर्को बीमकमा गाभिन प्राधिकरणबाट निर्देशन भएकोमा त्यस्तो निर्देशनको पालना नभएमा,
पछ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, प्रचलित कानून, इजाजतपत्र जारी गर्दाका बखत उल्लिखित शर्त वा प्राधिकरणबाट जारी भएका निर्देशन वा आदेश पटक पटक उल्लङ्घन भएमा, (ज) बीमकबाट बीमा जालसाजी (इन्स्योरेन्स फ्रड) भएमा,
(झ) प्राधिकरणबाट भएको नियमन, निरीक्षण, अनुगमन वा लेखापरीक्षकको प्रतिवेदन वा बीमाङ्गीको प्रतिवेदनबाट कुनै बीमकले आफ्नो दायित्व बहन गर्न नसक्ने देखिएमा वा नसक्ने सम्भावना भएमा,
(ज) दफा १०५ को उपदफा (३) बमोजिमको अवस्थाको जानकारी गराएमा,
(ट) बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सञ्चालकहरु बीच: विवाद उत्पन्न भई बीमा व्यवसाय सुचारु: रुपमा सञ्चालन हुन नसक्ने देखिएमा,
(रु) प्राधिकरणबाट बीमकले गर्दै आएको बीमा व्यवसायमा पूर्ण वा आंशिक रोक लगाउँदा दिइएको निर्देशन बमोजिम तोकिएको अवधिभित्र सुधार गरेको प्रमाण पेश नगरेमा,
(ड) बीमकले पूरा गर्नुपर्ने दायित्व पटक पटक पूरा नगरेमा ।
(२) उपदफा (१) बमोजिम समस्याग्रस्त बीमक घोषणा गर्नु अघि प्राधिकरणले त्यस्तो बीमकका रुपमा घोषणा गर्नु नपर्ने कुनै कारण भएं सोको प्रमाण सहित आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको सूचना सम्बन्धित बीमकलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक र विश्वसनीय भएको नदेखिएमा प्राधिकरणले उक्त बीमकलाई समस्याग्रस्त बीमकको रुपमा घोषणा गरी त्यसको सूचना कम्तीमा दुईवटा राष्ट्रिय दैनिक पत्रिका र प्राधिकरणको वेबसाइट मार्फत सार्वजनिक गर्नेछ।
(४) कुनै बीमक प्रचलित कानून बमोजिम दामासाहीमा परेको वा पर्न सक्ने सम्भावना रहेको, त्यस्तो बीमकले बीमितलाई भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको वा खुद सम्पत्ति घट्न गई चुक्ता पूँजीको आधा वा सोभन्दा कम हुन गएकोमा त्यस्तो बीमकले .सो कुराको जानकारी प्राधिकरणलाई तुरुन्त गराउनु पर्नेछ।